नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, २० : ५८
नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

काठमाडौं । नक्कली नेपाली नोटसहित बारा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नं. २ महुवाही बस्ने वर्ष ३५ का छठु गिरी रहेका छन् । 

गिरीको साथबाट नेपाली रू. १ हजार दरको  पचासी हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

गिरीविरुद्ध खोटा मुद्रासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट दिन ८ म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले शुक्रबार जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस