एमालेले दियो प्रधानमन्त्री ओलीलाई १० बुँदे सुझाव

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, १५ : १३
एमालेले दियो प्रधानमन्त्री ओलीलाई १० बुँदे सुझाव

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्यसम्बन्धी (महत्त्वपूर्ण) सुझाव दिएको छ । शुक्रवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले सो सुझाव दिएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझाव बुझाइएको जानकारी दिएका छन् । गत असार २१ केन्द्रीय बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० बुँदे सुझाव बुझाइएको ज्ञवालीले बताए ।

उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो । प्रतिनिधिमण्डले सुशासन, विकास निर्माणका कामलाई तीव्रता, रोजगारी सृजना, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता, जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयलाई समेटेर सुझाव दिएको छ । 

प्रतिक्रिया दिनुहोस