चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता दुई वटा डिलक्स बस र यात्रु खोज्न हात्ती सहितको टिम परिचालन गरिएको छ ।
नारायणी नदी किनारमा हात्ती सहितको टिम परिचालन गरेर खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले जनाएको छ । हात्तीलाई परिचालन गरेर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नदी किनारमा खोजी भइरहेको छ ।
नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-७ स्थित ब्यारेज पुल, मध्यबिन्दु नगरपालिका-२ स्थित भुताहा र गैँडाकोट नगरपालिका लगायतका ठाउँमा १५ जनाको शव फेला परेको छ । अहिलेसम्म १८ जनाको शव भेटिएको र ७ जनाको सनाखत गर्ने प्रयास भइरहेको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलसहित नवलपरासी पूर्वका सुरक्षा प्रमुखहरू खोजमा निस्किएका छन् । खोजीमा सेनाको डुङ्गा र निजी डुङ्गाहरू पनि प्रयोग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका
तीन महिनादेखि विषादी परीक्षण बन्द