भरतपुरमा महानगरले अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, १२ : २६
भरतपुरमा महानगरले अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने

भरतपुर । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने भएको छ । आगामी ६ महिना भित्रमा ५० भन्दा बढी देशका बिज्ञहरुलाई निमन्त्रणा गराइ अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने भएको हो ।

घुमौ भरतपुर २०२४ लाई सफल बनाउन र दिगो पर्यटन बिकास गर्ने उद्वेश्यले महानगरले अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्न लागेको हो । सम्मेलनमा वेलायत,मलेसिया,म्यानमार,अष्ट्रेलिया,बगलादेश लगायतका ५० भन्दा बढी राष्ट्रका बिज्ञहरु सहभागी हुनेछन् । उक्त सम्मेलनमा कानुन बिज्ञ,डाक्टर,वकिल,इन्जिनियर,पुर्व मन्त्रीहरु,पत्रकारहरु लगायतका क्षेत्रका अब्बल र लब्ध प्रतिष्ठत ब्यक्तिहरुलाइ सहभागिता गराइने लक्ष्य छ आट्राडो नेपालका अध्यक्ष दिवस घिमिरेले भने,अधिकाश देशहरुमा पुगेर निमन्त्रणा गर्ने काम भइसकेको छ अब बाकी १६ राष्ट्रका बिज्ञहरुलाइ मात्र निमन्त्रणा गर्ने र महानगरको भ्रमण बर्षको झण्डा प्रदान गर्न बाकी छ । उनका अनुसार यु आनका महासचिव वान कि मुनलाइ महानगरले विशेष निमन्त्रणा गर्ने छ । अध्यक्ष घिमिरे भोलि बुधबार गैर आवासीय नेपाली सघ कतारको निमन्त्रणामा भ्रमण बर्षको झण्डा बोकेर कतार जाँदै छन् । कतारमा रहदा उनले नेपाल,कतार र घुमौ भरतपुरको ब्यानर सहित कार्यक्रम गर्ने र त्यहाँका बिज्ञहरुलाइ निमन्त्रणा गर्नेछन् ।

भरतपुर महानगरपालिकाले आट्राडो नेपालसग सहकार्य र समन्वय गरेर ६ महिना भित्रमा ५० भन्दा बढी देशका बिज्ञहरुलाई निमन्त्रणा गराइ अन्तर्राष्ट्रिय बिज्ञ सम्मेलन २०२४ गर्न लागेको हो । अध्यक्ष घिमिरेले मङ्गलबार भरतपुर महानगरका प्रमुख रेनु दहाल तथा उप प्रमुख चित्रसेन अधिकारीलाई १६ वटा राष्ट्रका झण्डा समेत प्रदान गरेका छन् । सोही अवसरमा अध्यक्ष घिमिरेलाई भ्रमण बर्षको झण्डा प्रदान गर्दै नगर प्रमुख दहालले कतार यात्राको शुभकामना समेत दिइन् ।

अन्तर्राष्ट्रिय बिज्ञ सम्मेलनले भरतपुरमा नयाँ तरङ्ग ल्याउने बताउदै प्रमुख दहालले यो सम्मेलन भरतपुरको लागी निकै महत्त्वपूर्ण हुनेछ । त्यस्तै नगर उप प्रमुख चित्रसेन अधिकारीले यो सम्मेलन भरतपुर महानगरपालिकाको लागि मात्र नभइ चितवन सहित देश कै लागि नयाँ र फरक खालको हुने बताए । पर्यटन क्षेत्रमा दिगोपना ल्याउनका लागि पनि यो सम्मेलन निकै अर्थपूर्ण रहने उप प्रमुखको बिश्वास छ । 

प्रतिक्रिया दिनुहोस