ललितपुरबाट ५ जना जुवाडे पक्राउ

सफल खबर संवाददाता

सोमबार, ३१ असार २०८१, १३ : ५७
ललितपुरबाट ५ जना जुवाडे पक्राउ

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोलस्थित रातामकै चोकबाट जुवातास खेलेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा २५ वर्षीय साजन गिरी, ३३ वर्षीय तस्बिर श्रेष्ठ, ३५ वर्षीय खेमबहादुर बुढाथोकी, ३७ वर्षीय निल श्रेष्ठ र ३५ वर्षीय याङ्वा शेर्पा छन् । उनीहरू सबै जना इमाडोलका रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनीहरूलाई आइतबार राति ७ बजे रातामकै चोकको मामा भाञ्जा खाजा घरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट १ लाख ८५ हजार १६० रुपैयाँ बरामद भएको छ । पक्राउ परेकाहरूलाई जुवा खेल्न वा खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस