साढे ३ लाख रुपैयाँसहित काठमाडौँबाट २२ जुवाडे पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ३२ जेठ २०८१, १४ : ४१
साढे ३ लाख रुपैयाँसहित काठमाडौँबाट २२ जुवाडे पक्राउ

काठमाडौँ । जुवातास खेल्दै गरेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण माईतीनेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहराबाट २२ जनालाई पक्राउ गरिएको हो ।

जुवा खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जनालाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रुपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस