बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, ०७ : ३६
बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग

बागलुङ । सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप रु छ लाख ५० हजार नगद प्रदान गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई रु दुई लाख ५० हजार नगद प्रदान गरेको हो ।

यसैगरी यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो ।

विकका परिवारलाई रु चार लाख  नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले राससलाई बताए ।  उक्त रकम  सङ्घीय र प्रदेश सरकारबाट प्राप्त भएको हो । 

प्रतिक्रिया दिनुहोस