सहमति देख्न र हेर्न नपाउने ? यस्तो छलछामले अब चल्दैन : हितराज पाण्डे

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८१, १५ : १९
सहमति देख्न र हेर्न नपाउने ? यस्तो छलछामले अब चल्दैन : हितराज पाण्डे

काठमाडौँ। नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले कांग्रेस र एमालेले मुलुकलाई गुमराहमा राखेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै पाण्डेले सहमतिका नाममा दुई दलले छलछामको राजनीति गरेको आरोप लगाएका हुन् ।

दुई दलबीच सहमति भनिएको छ । तर सहमति देख्न नपाउने, हेर्न नपाउने अनि भाव बुझ्नुपर्ने यस्तो छलछामले अब चल्दैन,’ पाण्डेले भने, ‘अहिले सहमति गर्ने अनि विषयवस्तुत पछि थाहा हुँदैछ भनेर छलछाम गरिँदैछ ।

पहिले सहमति गरेको विषय जनतालाई किन भनिएन ? किन थाहा दिइएन ?’ राष्ट्रिय सहमति एक दुई दल बस्दैमा नहुने भन्दै सर्वपक्षीय हुन आवश्यक भएको उनले बताए ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस