काठमाडौँ। दक्षिण कोरियाको दक्षिणी क्षेत्रहरूमा रातभर परेको भारी वर्षाको कारण तीन जनाको मृत्यु भएको छ । साउथ चुङचेङ प्रान्तको नोन्सान शहरमा रहेको स्टुडियो अपार्टमेन्ट भवनको डुबानमा परेको लिफ्टबाट बिहान ३ बजे एक पुरुषको शव निकालिएको हो ।
७० वर्षका एकजना मानिस बिहान ३ः५७ बजे दक्षिणी चुङचेओङ प्रान्तको सिओचेन काउन्टीमा पहिरोका कारण भत्किएको घरभित्र हृदयघात भएको अवस्थामा फेला परेका थिए । उनलाई अस्पताल लगिए पनि मृत्यु भएको पुष्टि चिकित्सकहरुले गरेका थिए ।
बिहान ३ः१६ बजेसम्म करिव एक घण्टासम्म सिओचोन काउन्टीमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो । उत्तर ग्योङसाङ प्रान्तको डेगु शहरमा बुधवार अर्का एक व्यक्ति अज्ञात कारणले मृत फेला परेका छन् ।
ती व्यक्ति खोलामा डुबेको अनुमान गरिएको छ । उत्तरी चुङचेओङ प्रान्तमा एक जना बेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । साउथ चुङचेङ र उत्तर जिओला प्रान्तहरूमा मध्यरातदेखि बिहान ५ बजेसम्म ११८.५ मिलिमिटरदेखि २५५.० मिलिमिटरसम्म वर्षा भएको थियो ।
वर्षाले बाढीले डुबानमा परेका सडक, खाल्डाखुल्डीलगायत सार्वजनिक संरचनामा १९५ र डुबानमा परेका घर, कारलगायत निजी संरचनामा ९२ वटा क्षति भएको विवरण आएको छ । वर्षाले ३ हजार ७२ जनालाई विस्थापित गराएको छ । जसमध्ये १ हजार ४०४ जनालाई घर फर्कन अनुमति दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ असार २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
दक्षिण कोरिया विमान दुर्घटना अपडेट: ८५ जनाको शव फेला
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पास
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा
प्रधानमन्त्रीलाई शक्ति सुम्पने दक्षिण कोरियाली राष्ट्रपतिको फैसला