सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, ११ : ०४
सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको हो।