रास्वपा संसदीय दलको बैठक शुक्रबार बस्दै

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, १० : २५
रास्वपा संसदीय दलको बैठक शुक्रबार बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक भोलि बस्ने भएको छ ।

पार्टीका सचेतक निशा डाँगीका अनुसार शनिबार बिहान ९ बजे बस्ने गरी बैठक डाकिएको छ ।

रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत र अन्य समसामयिक विविध विषयमाथि छलफल हुने सचेतक डाँगीले जानकारी दिइन् ।