आज चार संसदीय समितिको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, २६ असार २०८१, ०८ : ४५
आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ ।

आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल हुनेछ ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूल प्रवाहमा दलित समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलितआयोगले खेल्दै आएको भूमिकाका बारेमा छलफल हुने जनाइएको छ ।

यसैगरी, बिहान ११ बजे सिंहदरबारमा बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको छ ।

विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन, वितरण एवं एवं सहज आपूर्तिको लागि देखिएका समस्या, चुनौतीलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस