काठमाडौँ . आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ८ बजे कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्व, सरोकारवालाहरू तथा अन्य सम्बन्धित पक्षहरूसँग अन्तरक्रिया तथा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनामा मानव अधिकारको गम्भीर उल्लंघन : संसदीय समिति
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तीन संसदीय समितिको बैठक बस्दै
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन