नेप्से सूचक १५.७९ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, १५ : ३७
नेप्से सूचक १५.७९ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १५.७९ अंकले बढ्दै २१ सय ५२.१४ विन्दुमा उक्लिएको छ । गत सातादेखि लगातार उकालो यात्रामा रहेको नेप्से सूचकमा अघिल्लो दिन भने ४.६२ अंकको गिरावट आएको थियो ।

तर, आज मंगलबार पुनः १५ अंकमाथिले नेप्से सूचक बढ्दा कारोबार ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.५० अंकले बढ्दै ३८०.९६ विन्दुमा उक्लिएको छ ।

बैंकिङ समूहको उपसूचक ०.५३ प्रतिशतले बढ्दा विकास बैंक समूहको उपसूचक २.४९ प्रतिशले बढेको छ । यसैगरी माइक्रोफाइनान्स समूहको उपसूचक ३.०६ प्रतिशतले बढ्दा यता फाइनान्स, होटल तथा पर्यटन, म्यानु एन्ड प्रो र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

१६८ कम्पनीको सेयर मूल्य बढ्दा आज ६८ कम्पनीको मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । 

आज गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका सेयर धनीहरूले समान १० प्रतिशतले कमाएका छन् भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ का लगानीकर्ताहरूले ५.४७ प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस