पर्यटकीय स्थल सैलुङ जाने सडक पहिरोले अवरुद्ध

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, ११ : ५२
पर्यटकीय स्थल सैलुङ जाने सडक पहिरोले अवरुद्ध

रामेछाप । आकर्षक पर्यटकीय स्थल सैलुङ जाने सडक अवरुद्ध भएको छ ।  ठाउँ ठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको स्थानीय दावा सङ्बु शेर्पाले जानकारी दिए । सडक अवरुद्ध भएपछि वर्षाको समयमा सैलुङमा रमाउन जाने पर्यटक समस्यामा परेका छन् ।

निरन्तरको वर्षाको कारण दोरम्बादेखि माथिको सडकमा ठाउँ ठाउँमा पहिरो गएको छ । गएको हिउँदमा स्तरोन्नति गरिएको कच्ची सडकको ठाउँ–ठाउँमा पहिरो खसेको शेर्पाले बताए ।

सडक अवरुद्ध भएपछि पर्यटक मात्रै होइन सैलुङ क्षेत्रबाट जिल्ला सदरमुकाम तथा काठमाडौँ आउजाउ गर्ने स्थानीयलाई समेत समस्या परेको छ । सडक बन्द भएपछि किसानले उत्पादन गरेको आलु लगायतका तरकारी बजारसम्म पुर्‍याउन पनि कठिनाइ भएको छ । 

अविरल वर्षाको कारण रुख र बिजुलीका पोल ढल्दा सो क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । पानी परिरहेकोले सडक खुलाउने तथा विद्युत् सुचारु गर्ने काम हुन सकेका छैन ।

प्रतिक्रिया दिनुहोस