विराटनगरमा एक युवकको हत्या, तीन पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, १० : ५२
विराटनगरमा एक युवकको हत्या, तीन पक्राउ

विराटनगर । धारिलो हतियार प्रहार गरि विराटनगरमा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएकाे माेरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

मोरङ प्रहरीका अनुसार सोमबार राति विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए । घाइतेमध्ये कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो ।

कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूको उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस