काठमाडौँ। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्न बोलाइएको मधेश प्रदेश सभा बैठक जसपा नेपालले अवरुद्ध गरेको छ । सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दल जसपा नेपालका सांसदहरू उठेर विरोध गरे । सो पार्टीका सांसद राजकुमार गुप्ताले सिस्टम ह्याक गरी ह्याकरले बजेट गडबड गरेको विषयमा छानबिन गर्नुपर्ने माग राखे ।
उनले भने, ‘तत्कालीन अर्थमन्त्री र सरकारले पनि बजेट ह्याक भएको स्वीकार गरिसकेको छ । त्यसैले छानबिन समिति गठन गरी छानबिन गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’उनले दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए । सभामुख मण्डलले बजेट ह्याक गरिएको विषयमा मुख्यमन्त्री, अर्थमन्त्री र माननीयहरूले घण्टौँ छलफल गरी अस्ति नै सहमति गरिसकेकाले पुनः दोहोर्याएर छलफल गर्नु ठिक हुन्छ र भन्ने प्रश्न गरेका थिए ।
तर, प्रतिपक्षी दलका सांसदहरूले छानबिन समिति गठन नभएसम्म बैठकको कामकारबाही अगाडि नबढाउन माग गरेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल फाट्फको ग्रे लिस्टमा पर्नु दुर्भाग्यपूर्ण : जसपा नेपाल
पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल
सरकार असफल भएको जसपा नेपालको निष्कर्ष
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्दै जसपा नेपाल
जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान