काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन पश्चगमन नभएको बताएका छन् ।आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राजनीतिक स्थायित्वको आधार तयार पार्ने कुरा देश र जनताको हितमा हुने बताए ।
‘संविधान जारी भएपछि अहिलेसम्म देखिएको समस्याहरू ध्यानमा राखेका छौँ । ती समस्या हल गर्ने गरी संविधान संशोधन गर्ने भनिएको हो,’ ओलीले दलको बैठकमा भने, ‘राजनीतिक स्थायित्वकै खोजीमा संविधान संशोधन गर्ने कुरा पश्चगमन होइन ।’
संविधान थप बलियो बनाउनकै लागि संशोधन जरुरी रहेकाले सबै दलले साथ दिनुपर्ने ओलीले बताए । ‘देशलाई स्थायित्वको दिशामा लैजान ठूला दलहरू सहितको राष्ट्रिय सरकार बनाउँदै छौँ । यो सरकारमा सबैले सहभागी हुनुपर्छ’, ओलीले भने ।
बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाली काँग्रेसको समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिको अनुमोदन गरेको छ । सँगै, नयाँ सरकार बनाउने सहमति ठूला दलहरूले गरिसकेकाले विश्वासको मत लिने बाटोतिर नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो : माधव नेपाल
पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पोखरेल
इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लबको अध्यक्षमा फैजु
प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता