बरिष्ठ पत्रकार गौतम नवलखालाई तत्काल रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

एजेन्सी

सोमबार, १५ असोज २०७५, २० : २२
बरिष्ठ पत्रकार गौतम नवलखालाई तत्काल रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

एजेन्सी । भारतीय सर्वोच्च अदालतले मानवअधिकारवादी कार्यकर्ता एवम् बरिष्ठ पत्रकार गौतम नवलखालाई रिहा गर्न सरकारको नाममा आदेश जारी गरेको छ । सोमबार भारतीय सर्वोच्च अदालतले पत्रकार नवलखालाई नजबन्दमा राख्नु कानुनसम्मत नभएको दाबी गर्दै रिहा गर्न आदेश दिएको हो ।

महाराष्ट्रमा भएको एक हिंसा र भारतीय माओवादी (नक्सालवादीहरु) सँग पत्रकार नवलखाको संलग्नता रहेको आरोपमा प्रहरीले उनलाई २९ अगस्टमा नजरबन्दमा राखेको थियो । सर्वोच्च आदालतले नवलखालाई तत्काल रिहा गर्न आदेश दिँदै उनलाई नजरबन्दमा राख्नु न्यायोचित नभएको निश्कर्ष निकालेको समाचार एजेन्सी पिटीआइलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यस मामलामा भारतीय प्रहरीले बरिष्ठ पत्रकार नवलखासहित ५ जनालाई नजरबन्दमा राखेको थियो ।

२८ अगस्टमा महाराष्ट्र प्रहरीले भारतीय माओवादी (शहरिया नक्सलवादीहरु) सँग साँठगाँठ गरेको र सहानुभूति राखेको आरोप लगाउँदै ५ जनाको घरमा छापा मारेको थियो ।

पत्रकार नवलखासहित वकिल सुधा भारद्वाज, साहित्यकार वरवर राव, वकिल अरुण फरेरा र वर्नोन गोंजाविल्सलाई माओवादीहरुसँग सम्बन्ध राखेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस