बैठक लाइभ हुँदैन, महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छ : मनिष झा

सफल खबर संवाददाता

बुधबार, २० असार २०८१, १४ : ५३
बैठक लाइभ हुँदैन, महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छ : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले महामन्त्री मुकुल ढकालले  केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको बताएका छन् ।बुधबार रास्वपा केन्द्रीय बैठकपश्चात् उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेटमेन्टका कुराहरू हुँदा जोखिम लिन नसक्ने भन्दै प्रस्ताव अस्वीकार गरेको बताए ।

उनले भने, ‘महामन्त्रीले प्रतिवेदन वाचन गर्नुभएको छ, त्यसमाथि छलफल हुन्छ । कहीँ रोकिएको छैन । तर लाइभको कुरा अलिक भिन्न छ । राजनीतिमा रूपमा धेरै कुराहरू संवेदनशील हुन्छन् । भूराजनीतिक सम्बन्धी कुराहरू साथै व्यक्तिगत स्टेटमेन्ट हुन सक्छन् । यस्ता कुराहरूको जोखिम हामी मोल्न सक्दैनौँ । पहिला छलफल गरौँ अनि मात्र लाइभ गरौँ भनेर राजनीतिक र व्यवहारिक रूपमा हेरेका हौँ ।

सभापतिले त्यसमा सहमति जनाउनु भए पनि त्यो उहाँको व्यक्तिगत कुरा  हो । प्रस्तावमाथि भने केन्द्रीय समितिमा छलफल हुन्छ ।’उनले पार्टीमा कुनै पनि प्रकारको गुटबन्दीहरू नभएको भन्दै आवश्यक समय दिएर महामन्त्रीको प्रतिवेदनमाथि छलफल हुने बताए ।

उनले भने, ‘आजको बैठकमा हामीले एउटा मात्र एजेन्डामा छलफल गरिरहेका छौ त्यो महामन्त्रीको प्रतिवेदन हो । प्रतिवेदनमाथि छलफल हुन्छ । प्रतिवेदन एकैपटकमा अभ्यासमा ल्याउन सकिदैँन ।

तर अरू पार्टीभन्दा रास्वपाको महामन्त्री के कुरामा भाग्यमानी हुनुहुन्छ भने विधान, राजनीतिक प्रस्तावना सबै उहाँले नै लेख्नु भएको हो र उहाँले नै अभ्यास गर्नु भएको छ । हामी गुटबन्दीमा पनि छैनौँ । आवश्यक समय दिएर उहाँको प्रतिवेदनमाथि छलफल भएको छ ।’

प्रतिक्रिया दिनुहोस