युरो कप : अस्ट्रियालाई पराजित गर्दै टर्की क्वार्टरफाइनलमा

एजेन्सी

बुधबार, १९ असार २०८१, ०६ : ५४
युरो कप : अस्ट्रियालाई पराजित गर्दै टर्की क्वार्टरफाइनलमा

एजेन्सी । अस्ट्रियालाई पराजित गर्दै टर्की युरो कप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

गएराति भएको खेलमा अस्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दै टर्कीले अन्तिम ८ मा स्थान पक्का गरेको हो। 

अस्ट्रियामाथि रोमाञ्चक जित निकाल्दा टर्की सन् २००८ पछि युरोको क्वार्टरफाइनलमा पुगेको हो। टर्कीका लागि दुवै गोल डिफेन्डर मरिह डेमीरालले गरे। 

खेल सुरु भएको ५७ सेकेण्डमा नै डेमीरालको गोलमा टर्कीले रोमाञ्चक अग्रता बनाएको थियो। खेलको ५९ औँ मिनेटमा डेमीरालले नै टोलीको अग्रता दोब्बर पारे। 

पहिलो हाफमा उत्कृष्ट खेल पस्कन नसकेको अस्ट्रियाले दोस्रो हाफमा केही सुधारिएको प्रर्दशन गरेपनि गोलका लागि सर्घष गर्नुपरेको थियो। 

खेलको ६६ औँ मिनेटमा अस्ट्रियाले गोल फर्काउँदै गोल अन्तर कम गरेपनि टोलीको हार टार्न सकेनन्। 

मार्सेल सब्टिजरको कर्नरमा स्टेफान पोशलाई लाग्दै फ्लिक भएको बललाई वैकल्पिक खेलाडी माइकल ग्रेगोरिचले पोष्टको गति दिएका थिए ।

अब टर्कीले अब क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। यसैबीच गएराति नै भएको खेलमा नेदरल्यान्ड्सले रोमानियालाई ३–० को फराकिलो अन्तरले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको छ।

योसँगै अब युरो कपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। क्वार्टरफाइनलमा स्पेन र जर्मनी, इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा फ्रान्स र पोर्चुगल भिड्नेछन्।  क्वार्टरफाइनलका खेलहरु शुक्रबार र शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस