प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त

सफल खबर संवाददाता

मंगलबार, १८ असार २०८१, २० : २०
प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् ।

सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन् ।

संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । 

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० माघ २३ देखि सचिव पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस