काठमाडौं । नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
मंगलबार अपराहन्न बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
ज्ञवालीले संसदका दुई ठुला दल सहमतिमा आएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्दै एमालेले प्रधानमन्त्रीलाई सो अवसर दिने र मार्गप्रशस्त नगरेमात्र थप निर्णय लिने बताए ।
एमाले बैठकले कांग्रेससँग भएको सहमति स्वीकार गर्ने निर्णय गरेको बताउदै ज्ञवालीले अन्य दललाई पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गर्ने निर्णय गरेको बताए ।
योसँगै एमालेका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीले राजीनामा नगरेमा मात्र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार छोड्ने बताइएको छ ।।
प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।
गएराती कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएसँगै वर्तमान सत्ता समीकरण भत्किएको थियो । सहमति अनुसार कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् । जसमा शुरुमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ असार २०८१, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष राजनीतिक घटनाक्रमबारे ब्रिफिङ
राष्ट्रपति भेट्न प्रचण्ड शीतलनिवासमा
पदाधिकारीलाई प्रचण्डको ब्रिफिङ– 'हिजो साँझसम्म पनि ओलीजीले केही होइन भन्दै हुनुहुन्थ्यो'
प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय
युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री प्रचण्ड