प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष राजनीतिक घटनाक्रमबारे ब्रिफिङ

सफल खबर संवाददाता

मंगलबार, १८ असार २०८१, १३ : ५५
प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष राजनीतिक घटनाक्रमबारे ब्रिफिङ

काठमाडौँ । सत्ता सङ्कट व्यहोरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग मङ्गलवार भेट गरेका छन् ।प्रधानमन्त्रीले राष्ट्रपति समक्ष विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको राष्ट्रपति प्रेस विज्ञ किरण पोखरेलले जानकारी दिए ।

नेपाली काँग्रेस र एमालेबिच सत्ता साझेदारी गर्ने सहमति भएको परिवेशमा शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपतिसँग भेट गरेका हुन् ।दुई दलको निर्णयपछि प्रचण्डले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मतको प्रक्रियामा जाने अडान लिएका छन् ।

बिहान प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर प्रचण्डले राजीनामा नदिने निर्णय सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस