एसइईको नतिजामा समाज आक्रोशित हुनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, १७ असार २०८१, १५ : ५८
एसइईको नतिजामा समाज आक्रोशित हुनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले एसइईको नतिजामा सिंगो समाज आक्रोशित हुनुपर्ने बताएकी छन् ।

सोमबार संसद्‌मा भएको प्रश्नोत्तर कार्यक्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले एसइईमा करिब ५३ प्रतिशत विद्यार्थी फेल भएको विषय उठाएका थिए ।

जवाफमा मन्त्री श्रेष्ठले विद्यार्थीहरू फेल भएको भन्दा पनि यो हाम्रो चित्रण भएको बताइन् । ‘कक्षा १० को नतिजामा शिक्षा मन्त्रालय मात्र होइन, सिंगो समाज आक्रोशित हुनुपर्छ, ग्लानि महसुस गर्नुपर्छ र मैले गर्नुपर्ने काम गरेको छ कि छैन भनेर सोध्नुपर्छ’ उनले अगाडि भनिन्, ‘अब के सुधार गर्ने भनेर ध्यान दिनुपर्छ ।’

सरकारलाई कुरेर बस्न नहुने भन्दै उनले शिक्षकहरूलाई कक्षाकोठामा राख्न सबैले पहल गर्नुपर्ने बताइन् ।

संरचनागत सुधारका लागि मन्त्रालयले काम गरिरहेको भन्दै मन्त्री श्रेष्ठले भनिन्, ‘पाठ्यक्रम परिमार्जनका लागि आवश्यक निर्देशन दिइसकेको छु ।’

प्रतिक्रिया दिनुहोस