काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर नेताको बैठक बोलाएका छन् ।आन्तरिक संगठन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘असार १५ गतेदेखि कांग्रेसका केही भ्रातृ संस्थाको म्याद सकिँदै छ । यसैले यी संस्थाको विषयमा अब कसरी अगाडि बढ्ने, विभाग गठन र अरु संरचनालाई पूर्णता दिने विषयमा पनि छलफल गर्न पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर नेताको बैठक बोलाइएको हो,’ पौडेलले लोकान्तरसँग भने, ‘यी बाहेक समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।’
बैठक सोमबार दिउँसो ३ बजे सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्नेछ ।देउवाले शनिबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन घण्टा लामो छलफल गरेका थिए ।
छलफलमा कांग्रेस र एमाले मिलेर जानुपर्ने विषयमा संवाद प्रारम्भ भएको नेताहरूले बताएका छन् ।यही बेला देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएर छलफल गर्न खोज्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असार २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ: शेरबहादुर देउवा
सङ्क्रमणकालीन न्यायमा कुनै छलछाम हुनेछैन : सभापति देउवा
म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः सभापति देउवा
बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छ : देउवा
प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा