काठमाडौँ । सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । सचिव गणेश साहका अनुसार बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने रातोपाटीलाई जानकारी दिए ।
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने एमालेको भनाई छ ।
उता, नेपाली कांग्रेसले पनि हिजो भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ असार २०८१, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट विनियोजनलाई लिएर माओवादीकै सांसद असन्तुष्ट
माओवादीले बोलायो संसदीय दलको बैठक
देवकोटालाई माओवादीले सोध्यो स्पष्टीकरण
माओवादीले सामाजिक अभियन्तासँग अन्तरक्रिया गर्ने
माओवादी सांसदले अर्थमन्त्रीसँग मागे बजेट क्यालेन्डर
माओवादी सांसदलाई प्रचण्डको निर्देशन : एकढिक्का भएर बजेटको 'डिफेन्स' गरौँ