काठमाडौँ । नेपाल प्रहरीले हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–२ डिगाँउ बस्ने अन्दाजी ३५–४० वर्षका राजेश तामाङ रहेका छन् ।
तामाङले हिजो दिउँसो डिगाँउ बस्ने ७० वर्षीय गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो हतियार सिक्कल प्रहार गरि हत्या गरेको बताइएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई हत्यारालाई खोजतलास गर्ने क्रममा डिगाँउ नजिक खेतबारीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८१, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अछाममा दुई किशोरीको हत्या आशङ्कामा दुईजना पक्राउ, अनुसन्धान जारी
धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या
कैलालीमा भाइले गरे दाइको हत्या
रुपन्देहीमा एक मजदुरद्वारा अर्का मजदुरको हत्या, आरोपी पक्राउ
बेंगलुरुमा नेपाली बालिकाको यौन दुर्व्यवहारपछि हत्या
श्रीमती हत्याको आरोपमा तनहुँमा श्रीमान् पक्राउ