स्पानियोलसँग रियल म्याड्रिड पराजित

एजेन्सी

आइतबार, २० माघ २०८१, ०८ : ०४
स्पानियोलसँग रियल म्याड्रिड पराजित

एजेन्सी  । स्पेनिस ला लिगमा रियल म्याड्रिडले पराजयको सामना गरेको छ । शनिबार भएको खेलमा स्पानियोलले रियललाई १–० ले हराएको हो ।

यो हारसँगै रियलले ४ अङ्कको अग्रता कायम गर्ने मौका गुमाएको छ ।

खेलमा रियल म्याड्रिडले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन । कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल नै स्पानियोलका लागि निर्णायक बन्यो । हारको बाबजुद रियल म्याड्रिड ४९ अङ्कसहित शीर्ष स्थानमा छ ।