काठमाडौ । संघ, प्रदेश र स्थानीय तहमा गरी स्थायी सरकार हाँक्ने कुल कर्मचारी संख्या हाल ८५ हजार ५ सय २९ जना छन्।
जसमध्ये सबैभन्दा बढी स्थानीय तहमा ३२ हजार ८ सय ८ जना रहेका छन् भने संघमा ४१ हजार ५ सय ६३ र प्रदेशमा ११ हजार १ सय ३८ जना रहेका छन् । निजामती सेवामा विभिन्न सेवा समूहका कर्मचारी रहेका हुन्छन् ।
राष्ट्रिय किताबखानाका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कुल कर्मचारी दरबन्दी भने १ लाख ३९ हजार २ सय २२ रहेको छ।
तीनवटै तहमा दरबन्दीभन्दा न्यून कर्मचारी रहेको किताबखानाले जनाएको छ। सरकारले समयमा नै कर्मचारी पदपूर्ति प्रक्रिया सम्पन्न गर्न नसक्दा तीनवटै तहमा दरबन्दीअनुसारका कर्मचारी रहन सकेका छैनन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १४ असार २०८१, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुढानीलकण्ठ नगरपालिकाले माग्यो कर्मचारी
यूएसएडका ४२ सय कर्मचारीलाई बिदा,१६ सय
जबरजस्ती करणी मुद्दामा एक कर्मचारी पक्राउ
यूएसएआईडीले फिर्ता बोलायो आफ्ना कर्मचारी
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव
लुम्बिनी प्रदेश सभा बैठक बस्दै