काठमाडौं । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले लोकल रक्सीलाई ब्रान्डिङ गर्ने सरकारको योजनाको समर्थन गरेकी छन् । सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । यसको समर्थन गर्दै एमाले सांसद श्रेष्ठले नेपाली ब्रान्डको नाम ‘तीनपाने अर्गानिक जनजाति रक्सी’ राख्ने प्रस्ताव गरेकी छन् ।
बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो प्रस्ताव गरेकी हुन् । लोकल रक्सीका लागि कोदो उत्पादनलाई जोड दने नीति लिन उनको आग्रह छ ।‘कोदो उत्पादनमा जोड दिऔं । कोदो खेतीको ब्रान्डिङ गरौं । कोदो र चामलबाट बनाइने रक्सीलाई ब्रान्डिङ गरौं । लेवलै राखौं– तीनपाने अर्गानिक आदिवासी जनजाति रक्सी भनेर लेवल नै राखौं र विदेश सप्लाई गरौं’, उनले भनिन् ।
नेपाली रक्सी विदेश निर्यात गर्न सके नेपालको आर्थिक स्थितिमा सुधार आउने, नेपालका आदिवासी जनजातिको जीवनस्तर समेत सुधारिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८१, १२ : ५४
लेखकबाट थप