नेप्से सूचक ११.६० अंकले घट्यो, ४ अर्बको कारोबार

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, १५ : २८
नेप्से सूचक ११.६० अंकले घट्यो, ४ अर्बको कारोबार

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार ११.६० अंकले घटेको छ । मंगलबार ५.६० अंकले बढेको नेप्से सूचक बुधबार ०.५६ प्रतिशतले घट्दै २ हजार ६०.१६ विन्दुमा झरेको हो ।

बुधबार ४ अर्ब ५ करोड रुपैयाँभन्दा माथिको ८७ लाख २७ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार सबैभन्दा बढी नेपाल फाइनान्सको १६ करोड ४६ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने गुडवील फाइनान्सको १५ करोड १६ लाख ४९ हजार रुपैयाँ र एनआरएन इन्फास्ट्रक्चर डभलपमेन्ट लिमिटेडको १३ करोड ३३ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

बुधबार फाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ्ग समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् ।५७ कम्पनीको सेयर मूल्य बढ्दा हाज १८६ कम्पनीको मूल्य घटेको छ । ३ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

प्रतिक्रिया दिनुहोस