काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कमला नदीमा बहाव उल्लेख्य बढ्नेछ । नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यसैगरी बुधबार उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, लम्जुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा र आसपास जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने तथा केही स-सान नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेको छ ।
यस्तै, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बागलुङ, पाल्पा, गुल्मी, म्याग्दी, प्युठान, रोल्पा, सल्यान, रुकुम-पूर्व, रुकुम-पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान रहेकाले स-साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
यता, आगामी ३ दिन कोशी र यसका प्रमुख सहायक नदीहरू तमोर, अरुण, तामाकोशी, दुधकोशी, सुनकोशी तथा कन्काई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तलै हुने भएपनि बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन भनिएको छ ।
नारायणी र यसका प्रमुख सहायक नदीहरू बुढीगण्डकी, सेती, मर्स्याङ्दी, कालीगण्डकी तथा बागमती र यसका सहायक नदीहरूमा पनि जलसतह बढ्दो रहेकाले तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८१, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै
आज यी नदीहरूको बहाव बढ्न सक्ने
यी नदीहरूमा आकस्मिक बाढीको जोखिम
राप्ती नदीमा बेपत्ता २ जना अझै भेटिएनन्
पर्साको तिलावे नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता, खोजीकार्य जारी
नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना