नेप्सेमा ५.६० अंकको वृद्धि, ९४ लाख कित्ता सेयर कारोबार

सफल खबर संवाददाता

मंगलबार, ११ असार २०८१, १५ : २१
नेप्सेमा ५.६० अंकको वृद्धि, ९४ लाख कित्ता सेयर कारोबार

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से)मा मंगलबार ५.६० अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से ०.२७ प्रतिशतले वृद्धि हुँदै २ हजार ७१.७७ बिन्दुमा पुगेको हो ।यस दिन ९४ लाख ३५ हजार ४५४ कित्ता बराबरको सेयर किनबेच हुँदै ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार १३ उपसूचकमध्ये ८ समूहको सेयर धनात्मक देखिएको छ भने बाँकीको ऋणात्मक भएको छ । यसदिन विकास बैंक समूहको सेयर सबैभन्दा बढी १३.०८ प्रतिशत वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस