प्रतिनिधि सभाबाट बहुमतले पारित भयो बजेट

संसद् बैठक

सफल खबर संवाददाता

मंगलबार, ११ असार २०८१, १५ : ०१
प्रतिनिधि सभाबाट बहुमतले पारित भयो बजेट

काठमाडौँ । प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८१ (बजेट) पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो ।

सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिनिधि सभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल शुरू भएको थियो ।

विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस