हावाहुण्डरीले टीकापुरमा ३ दिनमा २ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २५ जेठ २०८१, ०७ : ३३
हावाहुण्डरीले टीकापुरमा ३ दिनमा २ जनाको मृत्यु

file pic

कैलाली ।  कैलालीमा हावाहुरीले ढलेको रुखले लाग्दा तीन दिनमा दुई जनाको मृत्यु भएको छ। 

हुण्डरीले ढालेको रुखले लागेर १५ वषीया किशोरी र ७० वर्षका वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ। टीकापुर नगरपालिका–१, विशालनगरकी १५ वर्षीया प्याउरी विकको बिहीबार राति फुपूको घरबाट फर्किंदै गर्दा हुण्डरीले ढालेको रुखले लागेर मृत्यु भएको हो। 

उनी स्थानीय जनकल्याण आधारभूत विद्यालय लायकपुरमा कक्षा ७ मा पढ्दै आएकी थिइन्। यसअघि गएको सोमबार राति आएको हावाहुरीले रुख ढलेर घर च्यापिँदा सोही ठाउँका ७० वर्षका दलु पुरीको पनि मृत्यु भएको थियो। 

प्रतिक्रिया दिनुहोस