सिन्धुपाल्चोकमा ४ दशमलव २ म्याग्निच्यूडको भूकम्पको धक्का

सफल खबर संवाददाता

शुक्रबार, १४ असार २०८१, ०७ : १८
सिन्धुपाल्चोकमा ४ दशमलव २ म्याग्निच्यूडको भूकम्पको धक्का

काठमाडौ । सिन्धुपाल्चोकमा भूकम्प गएको छ। हेलम्बु केन्द्रबिन्दु भएर गएराति १ बजेर २८ मिनेट जँदा ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजयअधिकारीलका अनुसार यो भूकम्प ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प हो । 

गोरखा भूकम्पपछि त्यसका हजारौँ परकम्प गइसकेका छन्।

गएराति हेलम्बुमा गएको भूकम्पको धक्का धादिङ, तनहुँ, चितवन, मकवानपुर लगायतका छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो। 

 

प्रतिक्रिया दिनुहोस