नेपालबाट ७ अर्ब ४७ करोडको अलैँची निर्यात, सबैभन्दा धेरै भारतमा

सफल खबर संवाददाता

शनिबार, १५ असार २०८१, १६ : ४२
नेपालबाट ७ अर्ब ४७ करोडको अलैँची निर्यात, सबैभन्दा धेरै भारतमा

काठमाडौँ । नेपालबाट ११ महिनाको अवधिमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको अलैँची (ठुलो) निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू वर्ष २०८०–८१ को साउनदेखि जेठसम्म ७ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको अलैँची निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट ४७ लाख २० हजार किलोग्राम अलैँची निर्यात भएको तथ्याङ्क छ । नेपालबाट निर्यात भएको अलैँची सबैभन्दा धेरै भारत जाने गरेको छ । भारतमा ७ अर्ब ४७ करोड २५ लाख रुपैयाँको अलैँची निर्यात भएको छ ।

यसबाहेक पाकिस्तानमा ११ लाख रुपैयाँको निर्यात हुँदा जापानमा २७ लाख ८१ हजार रुपैयाँको अलैँची निर्यात भएको तथ्याङ्क छ । यस्तै यस अवधिमा विदेशबाट साढे २ लाख रुपैयाँ बराबरको ठुलो अलैँची आयात भएको छ । यस्तै यस अवधिमा १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सानो अलैँची (सुकुमेल) आयात भएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस