काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले अमेरिकी एयर फोर्सका पाँच वटा जहाज नेपाल आएको दाबी गर्दै यस विषयमा सरकारसँग जवाफ मागेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गत वैशाखको दोस्रो हप्ता अमेरिकी एयर फोर्सको जहाज कतारबाट नेपाल आएको बताए । ‘गत वैशाख ६, ७, ८ र ९ गते अमेरिकी एयर फोर्सको पाँच टा जहाज कतारबाट प्रत्येक साँझ आउने र बिहान फर्किने गरे । यसैगरी यही असार २ गते पनि मलेसियाबाट सोही एयर फोर्सको जहाज साँझ आएर बिहान फर्कियो’, घर्तीले भने, ‘यी जहाजहरुमा के सामान आयो ? कसका लागि ल्याइयो ? सामान्य हो भने प्राइभेट जहाज आउनुपर्ने, सैन्य सामग्री हो भने किन र के प्रयोजनका लागि ल्याइयो ?’
यी विषयमा सरकारी र निजी सञ्चार माध्यमबाट पनि जानकारी नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपन्न नागरिक अस्पताल खोल्ने माओवादी सांसदको प्रस्ताव
माओवादी सांसदले प्रयोग गरेको उखान–टुक्का राष्ट्रिय सभाको अभिलेखबाट हटाइयो