काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विपन्न नागरिक अस्पताल खोल्ने प्रस्ताव राखेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गरिब नागरिकको अस्पतालमा पहुँच नरहेको बताए । सरकारी अस्पतालमा समेत पहुँचवालाकै पहुँच रहेको उल्लेख गर्दै उनले गरिबहरुको मात्रै उपचार गर्ने गरी छुट्टै अस्पताल खोल्नुपर्ने बताएका हुन् ।
‘विपन्न नागरिकहरुलाई गरिबी परिचयपत्र वितरण गर्ने र उनीहरुका लागि निशुल्क उपचार गर्नका लागि विपन्न नागरिक अस्पताल खोल्ने र विपन्न नागरिकलाई मात्रै त्यो अस्पतालमा उपचार गर्ने व्यवथाका गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी सांसदको प्रश्न : अमेरिकी एयर फोर्सको जहाज नेपालमा किन आयो ?
माओवादी सांसदले प्रयोग गरेको उखान–टुक्का राष्ट्रिय सभाको अभिलेखबाट हटाइयो