काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल गृहमन्त्री र रक्षामन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री र रक्षामन्त्रीले पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको बताए।
उनले भने, ‘सदनमा केही समयअघि गृहमन्त्रीले यही सदनमा विदेशीलाई सूचना बेच्ने मान्छे छ भन्नुभयो। हिजो रक्षामन्त्रीले प्रश्नको उत्तर दिने क्रममा जे अभिव्यक्ति दिनुभयो त्यो उहाँको पदीय मर्यादाभित्र पर्छ भन्ने मलाई लाग्दैन। बजेट आयो सबै मन्त्रीहरूले आफ्नो हात जगन्नाथ भनेजस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै लानुभयो।’
उनले सरकारले सदनलाई हेपेको आरोप लगाए। उनले थपे, ‘सरकारले संसदलाई हेपेको छ, प्रधानमन्त्री भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन। प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुन्छ ? यो अराजकता कहिले अन्त्य हुन्छ ? यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट म जवाफ चाहुन्छ ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८१, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध
आलोचनात्मक कोण छाड्न गुरु घिमिरेलाई मन्त्री पौडेलको जवाफ
जलनको निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिइन्छ : स्वास्थ्यमन्त्री पौडेल
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
आगामी वर्षदेखि उपचारमा चस्माको भ्याट र भन्सार लिँदैनौँ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यमन्त्रीको आश्वासन : विशेष निर्णय गरेर गेटामा असारदेखि नै एमबीबीएस पढाउन सकिन्छ