मन्त्रिपरिषद्को बैठक

बैकुण्ठ अर्याल योजना आयोगको जगेडामा सरुवा, लीलादेवी गड्तौला कामु मुख्य सचिव

सफल खबर संवाददाता

सोमबार, १० असार २०८१, ११ : २५
बैकुण्ठ अर्याल योजना आयोगको जगेडामा सरुवा, लीलादेवी गड्तौला कामु मुख्य सचिव

काठमाडौँ। सरकारले निलम्बित मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सारेर निमित्त मुख्य सचिवको जिम्मेवारी सचिव लीलादेवी गड्तौलालाई दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै स्वतः निलम्बन भएका मुख्य सचिव डा. अर्याललार्य राष्ट्रिय योजना आयोगमा विशेष पद(जगेडा) सिर्जना गरेर सारेको हो ।

अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् ।

प्रतिक्रिया दिनुहोस