शिक्षा विधेयक मैले अड्काएको छैन : शिक्षामन्त्री

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, १६ : ५०
शिक्षा विधेयक मैले अड्काएको छैन : शिक्षामन्त्री

काठमाडौं। शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक आफूले नअड्काएको बताएकी छिन् ।प्रतिनिधि सभाको बैठकमा आइतबार बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विधेयक सरकारको तहमा नअड्केको बताएकी हुन् ।

‘शिक्षा विधेयकका विषयमा तीन हप्ता अगाडि ध्यानाकर्षण पत्र दिनुभएको थियो । यो विषयमा जनताको आवाज बोलिएको छ ।

यसमा शक्ति पृथकीकरणको सिद्धान्त पनि हेरिनुपर्छ भन्न चाहन्छु,’ उनले भनिन्, ‘रोष्ट्रममार्फत शिक्षा विधेयकका बारेमा भन्न चाहन्छु यो मन्त्रालय, सरकार र मेरो मातहतमा अड्किएको छैन । सदनमार्फत समितिमा गएको छ ।विधेयक ल्याएर बुझाउने कार्य भइसकेको भन्दै उनले यसलाई अगाडि बढाउन संसद्ले काम गर्नुपर्ने बताइन् ।

‘मन्त्रालयको काम विधेयक बनाएर बुझाउने हो । यो काम भइसक्यो । हरेक दफा पुनर्लेखन मन्त्रालयको होइन,’ उनले भनिन्, ‘विधेयकको विषयमा हरेक प्रदेशमा गएर छलफल गर्ने निर्णय भएको थियो । यसलाई अगाडि बढाउन मौखिक र लिखित रुपमा निर्देशन दिइसकेको छु ।’

 

 

 

 

 

 

शिक्षासम्बन्धी नियमावलीमा एकरूपता नभएको र प्रष्ट निर्देशिका नहुँदा शिक्षक सरुवालगायतका विषयमा प्रभावकारी काम नभएको उनले बताइन् । ऐनले हरेक ५ वर्षमा सरुवा गर भने पनि नभएपछि निर्देशिका बनाएर अनलाइनमार्फत व्यवस्थित गर्न खोज्दा अनावश्यक विवाद ल्याइएको उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस