काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी गठी प्रकरणमा प्रहरीले खोजी गरिरहेका जीबी राईको लोकेसन पत्ता लागिसक्यो भन्ने गृहमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । उनले यो आफ्नो व्यवसायिक साथीलाई भगाउने नियत त होइन भन्ने उनको प्रश्न छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री शर्माले गृहमन्त्रीले चितवनमा दिएको अभिव्यक्तिबारे प्रश्न उठाएका हुन् । लामिछानेले चितवनमा पुगेर जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका थिए ।
गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार रहेको र अर्का गृहमन्त्री रहेको भन्दै महामन्त्री शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ । त्यसेले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने नयाँ शैली हो कि भगाउने नियत हो ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असार २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई राजीनामा दिने वा विश्वासको मत लिने दुवै सुविधा छ : विश्वप्रकाश शर्मा
दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण
गिरिबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन विश्वप्रकाशको चेतावनी
अन्धाधुन्ध भइरहेको विनाश नियन्त्रण गर्न विश्वप्रकाश शर्माको सुझाव
गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न - गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ?
यो सहकारीबन्धु गठबन्धन हो : महामन्त्री शर्मा