२१ जोडीको दाइजोमुक्त सामूहिक विवाह

सफल खबर संवाददाता

शनिबार, ०८ असार २०८१, १० : ०६
२१ जोडीको दाइजोमुक्त सामूहिक विवाह

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा २१ जोडीको दाइजोमुक्त एवम् अन्तरजातीय सामूहिक विवाह सम्पन्न भएको छ ।

धनुषाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित शन्त रामपालको सतलोक आश्रममा ६२७औं प्रकट दिवसको अवसरमा शुक्रबार २१ जोडीको सामूहिक विवाह भएको हो ।

गुरुवाणीद्वारा तेत्तिस करोड देवीदेवताहरुको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमै उनीहरुको विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिए ।

विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।यस वर्ष पनि कवीर साहेबको सशरीर प्राकट दिवस तीन दिवसीय रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

गत बिहीबारदेखि चलिरहेको कार्यक्रममा चलिरहेको प्रकट दिवसमा मधेशका मुख्यमन्त्री सतिसकुमार सिंह, सभामुख रामचन्द्र मण्डल  लगायत सहभागी भएका थिए ।