लागु औषधसहित २ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०७ असार २०८१, १४ : ४०
लागु औषधसहित २ जना पक्राउ

काठमाडौँ । झापामा लागु औषधसहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले जिल्लाको किसनजंग कुतवाभिट्टा नयाँ टोल बस्ने ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमललाई पक्राउ गरेको हो । 

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुबाट ब्राउनसुगर १७ ग्राम २२० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । बिहीबार पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेसँगै जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस