काठमाडौँ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको मैदानमा रहेका डोनाल्ड ट्रम्पलाई एक व्यक्तिले ५ करोड डलर चन्दा दिएका छन् । अर्बपति टिमोथी मेलनले एक्लैले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा ५० मिलियन डलर चन्दा दिएको विषय अहिले चर्चामा रहेको छ ।
ट्रम्पको लागि काम गर्ने 'MAGA Inc' नामक कोषले संघीय निर्वाचन आयोगलाई गत महिना विभिन्न व्यक्तिहरुबाट ६५ मिलियन डलर भन्दा बढी चन्दा लिएको बताएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई ५० मिलियन डलर दान गरेका छन् । त्यस्तै अर्बपति लिज र डिक उइलेनले एक मिलियन डलर दान गरेका छन् ।
अमेरिकी मिडियाका अनुसार न्युयोर्क हश मनी केसमा ट्रम्पलाई दोषी ठहर गरेको एक दिनपछि मेलनले यो चन्दा दिएका हुन् । मेलनले स्वतन्त्र राष्ट्रपति पदका उम्मेदवार रोबर्ट एफ केनेडी जूनियरलाई २० मिलियन डलर चन्दा दिएका छन् ।
मेलनले दिएको चन्दाको सहयोगमा पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति बाइडेनले भन्दा बढी खर्च गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०८ असार २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव
ट्रम्पद्वारा ४ नयाँ आदेशमा हस्ताक्षर– सेनामा ट्रान्सजेन्डरलाई निषेध, समावेशिता हटाइने
ट्रम्प-मोदी फोन वार्ता, के भयो कुराकानी ?
क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्छ : डोनाल्ड ट्रम्प