चितवन । सुजुकी गाडीको आधिकारिक विक्रेता जेपी मोटर्स भरतपुरको आयोजनामा शनिबार हिल साईड ¥याली आयोजना गरिएको छ ।
सुजुकीको भिटारा ब्रेजा गाडीसहित हिल साईड ¥याली निकालिएको हो । भरतपुरस्थित शोरुमबाट सुरु भएको ¥याली, नारायणगढ, रामनगर, जुगेडी हुँदै कविलास्थित कविलास रिसोर्ट तथा फन पार्कमा पुगी सम्पन्न भएको थियो । ¥यालीमा ब्रेजा गाडी खरिद गरेका कारधनीहरुको सहभागिता रहेको थियो । ब्रेजा गाडीको विशेषता झल्काउनका लागि हिल साईड ¥याली नकालिएको जेपी मोटर्स भरतपुरका प्रवन्ध निर्देशक प्रतिक श्रेष्ठले जानकारी दिए ।
¥यालीमा सहभागिहरुले ब्रेजाको चलाउदाको अनुभव र यसको विशेषताको बारेमा आफ्नो भनाईहरु समेत राखेको जेपी मोटर्सका अर्का संचालक जेम्स महतोले जानकारी दिए । सुजुकीको ब्रेजा कार सर्वाधिक विक्री हुने गाडीमा पर्छ । चितवनमा पनि ब्रेजा कार धेरै विक्री हुने गरेको छ । पछिल्लो समय चितवनमा सर्वाधिक विक्री हुने कारमा सुजुकी कम्पनीका कार रहेको कम्पनीको दावी छ ।
प्रतिक्रिया दिनुहोस