काठमाडौं। टोकियो–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी गरेको सम्झौतालाई जापानले गम्भीर रूपमा लिएको सरकारी प्रवक्ताले बिहीबार बताएका छन् ।
प्योङयाङमा बुधबार उत्तर कोरियाली नेता किम जोङ–उनसँगको भेटवार्तामा राष्ट्रपति पुटिनले आक्रमणको समयमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धताका साथ रणनीतिक सम्झौतामा हस्ताक्षर गरेकोबारे जापानको यस्तो प्रतिक्रिया आएको हो ।
बुधबार हस्ताक्षर भएको सम्झौताअनुरूप रुसले उत्तर कोरियासँग सैन्य–प्राविधिक क्षेत्रमा आवश्यकताअनुसार सहकार्य गर्ने रुसी राष्ट्रपति पुटिनले सम्झौतापछि उत्तर कोरियाली सञ्चारमाध्यमसँगको कुराकानीमा बताएका थिए ।
‘यस प्रकारको सहकार्यले हाम्रा देश र वरपरका क्षेत्रको सुरक्षा सन्दर्भमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को सङ्कल्पको प्रत्यक्ष उल्लङ्घन गर्छ,’ जापान सरकारका प्रवक्ता योशिमासा हयासीले भने, ‘राष्ट्रपति पुटिनले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोग स्वीकार गरेको तथ्यलाई लिएर जापान चिन्तित छ । राष्ट्रपति पुटिनले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धको समीक्षा गर्नुपर्ने पनि बताए ।
‘अन्तर्राष्ट्रिय समुदायको इच्छाविपरीत रुसले उत्तर कोरियाबाट ब्यालेस्टिक क्षेप्यास्त्रसहित हतियार र गोलाबारुद खरिद गरेको छ र संयुक्त राष्ट्र सुरक्षा परिषद्को सङ्कल्पको स्पष्ट उल्लङ्घन गर्दै युक्रेन आक्रमणमा प्रयोग गर्दै आइरहेको छ,’ उनले थपे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८१, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने
जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता
जापानका प्रधानमन्त्रीद्वारा मध्यावधि निर्वाचनका लागि संसद विघटन