काठमाडौं। नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आर्थिक सुशासनको लाग ५ सय र १ हजार दरका नोट क्वीट गरे गैरकानूनी कारोबार र भ्रष्टाचार रोकिने बताएका छन् ।बुधवार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै गुरुङले यस्तो बताएका हुन् ।
‘आर्थिक सुशासनको लागि सरकारले ५ सय र हजारको नोट क्वीट गर्न सक्नुपर्छ । ५ सय र हजारको नोट क्वीट गर्दा ८० गैरकानूनी कारोबार रोकिन्छ ।
८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ,’ गुरुङले भने, ‘त्यसपछि सिरानीमुनी, खाटमुनी, जमिनमुनी र पानीमुनी भएका सबै पैसा आउँछन् । यस्तो गरिए हामी पैसा छ भन्ने अवस्थामा पुग्छौं । अनि चाहेका योजना र कार्यक्रम पूरा गर्न सक्छौं ।’
धेरै पैसा भएपछि मात्रै खेल विश्वविद्यालय बनाउन सकिने, युवा लक्षित कार्यक्रम गर्न सकिने, खेलका ठूला पूर्वाधार बनाएर पर्यटकलाई तान्न सकिने उनले बताए ।
युवा पलायन भनेर बोल्ने तर १२ करोड मात्रै बजेट दिने व्यवस्था अनुचित भएको उनले बताए ।‘युवा विदेश पलायन भन्छौं तर युवा मन्त्रालयले १२ करोड बजेट ल्याउँछ,’ गुरुङले भने, ‘संसद् सर्वोच्च निकाय हो । समस्याको समाधान खोज्नुपर्छ ।
संसदले समस्याको उजागार र समस्याको समाधान गर्नुपर्छ । ऋणको याचना गरेर मात्रै हुँदैनौं । आन्तरिक ऋण लिएर मात्रै पनि हुँदैन । विकल्पमा जानुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८१, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दर्ता भएका विधेयक छिटो पार लगाउन नसक्नुमा सांसदको पनि दोष छ : धनराज गुरुङ